
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस संक्रमित ९५ वटा नमुनाको जिन सिक्वन्सिङ गर्दा करिब ८२ प्रतिशतमा ओमिक्रोन बीए.टु पुष्टि भएको बताएको छ । मन्त्रालयले पुस २० देखि माघ ८ सम्मका नुमना ७८ वटा नमुनामा ओमिक्रोन देखिएको बताएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.संगीता मिश्राले भारतस्थित इन्स्टिच्युट अफ जिनोमिक एण्ड इन्टिग्रेटेट अफ बायोलोजीमा जीन सिक्वयनिङ गर्न पठाएका मध्ये सबै ओमिक्रोन भेरियन्ट पुष्टि भएको बताइन्।
प्रवक्ता मिश्राले मुलुकमा धेरै नागरिकहरु कोरोनाविरुद्धको खोप लगाउन बाँकी रहेकाले खोप नलगाएकाहरूलाई ओमिक्रोन लगायत अन्य भेरियन्टको सङ्क्रमणबाट गम्भीर स्वास्थ्य जटिलता आउन सक्ने बताइन् ।

डा.मिश्राले पछिल्लाे समय नेपालमा सङ्क्रमण कम देखिए पनि जोखिम कायमै रहेकाले जनस्वास्थ्यका सम्पूर्ण मापदण्ड पूर्ण पालना गर्न आग्रहसमेत गरिन् ।
त्यस्तै डा. मिश्राले कोरोनाविरुद्धको खोप उपलब्ध भएका स्थानमा तत्काल खोप लगाउन सम्पूर्णमा अनुराेध गरिन् ।
काठमाडौं| सरकारले देशभरिका ६ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउन सुरु गरेको छ।। ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा...
काठमाडौँ । स्वास्थ्य मन्त्रालयले हप्तामा दुई दिन सार्वजनिक बिदा लागू भएसँगै स्वास्थ्य सेवामा कुनै असर नपर्ने गरी आवश्यक व्यवस्था मिलाइएको...
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्वस्थ भएर अस्पताल भर्ना भएका छन् ।उनलाई सोमबार राति ९ बजे महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर...