
काठमाडौं । गत २४ घण्टामा देशभर थप ५७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कुल ९ हजार ७८९ नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
मन्त्रालयकाअनुसार सोही समयमा थप ६ जनाको निधन भएको छ भने १ हजार ९९३ जना संक्रमणमुक्त भएका छन् ।
हालसम्म नेपालमा कूल ९ लाख ४६ हजार ३३० जना कोरोनभाइरस संक्रमणबाट निको भएका छन् । त्यस्तै कूल ११ हजार ९११ जनाले ज्यान गुमाएको मन्त्रालयको तथ्याकं रहेको छ ।
हाल देशभर कूल १६ हजार ६१६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
उदयपुर — त्रियुगा नगरपालिकाको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा तीनदिने बृहत् निःशुल्क आँखा जाँच शिविर सञ्चालन...
काठमाडौँ । हरेक वर्ष जुलाई २८ का दिन विश्वभर विश्व हेपाटाइटिस दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मनाइँदै आएको छ। हेपाटाइटिसविरुद्ध...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यसहित आगामी दुई वर्षभित्र नेपाल औषधि लिमिटेडमार्फत ३६...