
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । करिब ८ हजार १४० नमुना मध्य ५ हजार २२५ जनाको आरटी पीसीआर परीक्षणका क्रममा २४७ जना र २ हजार ९१४ जनाको एन्टीजेन परीक्षणका क्रममा १४१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
त्यस्तै सोही अवधिमा थप ४ जनाको कोरोनाभाइरस संक्रमणका कारण ज्यान गएको छ भने १ हजार २०५ जना कोरोना संक्रमित निको भएको मन्त्रालयको तथ्याकं छ ।
आज थपिएसंगै देशभर करिब ११ हजार २८२ संक्रिय संक्रमित रहेका छन् । संक्रमितहरु मध्ये १० हजार ८१९ जना होम आईसोलेसनमा, ४६३ जना संस्थागत आईसोलेनमा, १३९ जना आई.सी.युमा र १९ जना भेन्टिलेटरमा रहेका छन् ।
त्यस्तै नेपालमा हालसम्म कोरोनाभाइरस संक्रमणका कारण ज्यान गुमाउँनेको संख्या ११ हजार ९२५ जना पुगेको मन्त्रालयको तथ्याकंमा उल्लेख छ ।
मन्त्रालयकाअनुसार गत २४ घण्टामा करिब ८ लाख ७३ हजार ४३८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा कोरोना संक्रमण निको हुने दर ९७.६ प्रतिशत रहेको छ । हालसम्म कूल ९ लाख ५२ हजार ५९९ निको भएका छन् ।
उदयपुर — त्रियुगा नगरपालिकाको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा तीनदिने बृहत् निःशुल्क आँखा जाँच शिविर सञ्चालन...
काठमाडौँ । हरेक वर्ष जुलाई २८ का दिन विश्वभर विश्व हेपाटाइटिस दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मनाइँदै आएको छ। हेपाटाइटिसविरुद्ध...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यसहित आगामी दुई वर्षभित्र नेपाल औषधि लिमिटेडमार्फत ३६...