
नयाँ विकल्प,
कर्णाली – अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन ‘एमसीसी’ सम्झौताविरुद्धको आन्दोलन उग्र बनेपछि वीरेन्द्रनगरमा सोमबारदेखि लगाइएको निषेधाज्ञा हटाइएको छ । स्थानीय प्रशासनले निषेधाज्ञा हटाएर केही ठाउँलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले आज साँझ ७ बजेसम्म लगाइएको निषेधाज्ञाको सट्टा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम संवेदनशील स्थानलाई निषेधित क्षेत्र घोषणा गरे। साँझ ७ बजेदेखि लागू हुने गरी वीरेन्द्रनगरका हटिलाइन, हटियचोक, मङ्गलगढी चोक र एरिचोकलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । ती क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन पाइने छैन ।
“निषेधाज्ञा जारीपछि वीरेन्द्रनगर शान्त नै रह्यो, निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने अवस्था देखिएन”, रिजालले भने, “सुरक्षाका दृष्टिकोणले संवेदनशील देखिएका स्थानमा लागू हुने गरी निषेधित क्षेत्र घोषणा गरिएको हो ।” आन्दोलनकारीले सुर्खेतका पार्टी कार्यालय र प्रहरी बिट तोडफोडका साथै आगजनीको प्रयास गरेपछि स्थिति नियन्त्रणमा लिन जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा लगाउने निर्णय गरेको थियो ।
प्रशासनले वीरेन्द्रनगर क्षेत्रमा लगाएको निषेधाज्ञा साँझ ७ बजे सकिँदैछ । जिल्ला प्रशासनका अनुसार अर्को आदेश नहुञ्जेल ती क्षेत्रलाई नाराजुलुस गर्न निषेध गरिनेछ । निषेधित क्षेत्रमा सभा, जुलुस गर्ने उद्देश्यले पाँच जनाभन्दा बढी व्यक्ति समूहमा उपस्थित भएको पाइएमा स्थानीय प्रशासन ऐनबमोजिम कारबाही गरिने प्रशासनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...