महिला तथा बालिकाविरुद्धको हिंसात्मक घटनामा कमी आएन – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

महिला तथा बालिकाविरुद्धको हिंसात्मक घटनामा कमी आएन

नयाँ विकल्प,

काठमाडौं -अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले महिला तथा बालिकाविरुद्ध भएका हिंसात्मक घटनामा कमी आउन नसकेको जनाएको छ । सन् २०२१ मा भएका त्यस्ता घटनाको अभिलेखीकरणका आधारमा इन्सेकले यस्तो दाबी गरेको हो ।इन्सेकले जारी गरेको तथ्यांकअनुसार सन् २०२० मा महिला बेचबिखन तथा ओसारपसारका २५ घटना भएकोमा सन् २०२१ मा ४२ वटा त्यस्ता घटना प्रकाशमा आएका छन् ।

सन् २०२० मा बालिका बेचबिखन तथा ओसारपसारका ३४ घटना भएकोमा सन् २०२१ मा २७ वटा त्यस्ता घटना भएका छन् ।यस्तै, महिलातर्फ सन् २०२० मा बलात्कारका ६४८ घटना भएकोमा सन् २०२१ मा ६४९ त्यस्ता घटना भएका र बालिकातर्फ सन् २०२० मा ९८९ वटा घटना भएकोमा सन् २०२१ मा एक हजार ४३ वटा त्यस्ता घटना भएको इन्सेकले जनाएको छ ।

सन् २०२० मा बलात्कार प्रयासका १५२ घटना भएकोमा सन् २०२१ मा १७७ त्यस्ता घटना भएका छन् भने अघिल्लो वर्ष घरेलु हिंसाका एक हजार ३४६ घटना भएकोमा सन् २०२१ मा दुई हजार ५९ वटा त्यस्ता घटना भएको इन्सेकले जारी गरेको तथ्यांकमा उल्लेख छ ।

यस्तै, परिवारजनबाट महिलाको हत्यासम्बन्धी घटना सन् २०२० मा १०२ वटा भएकोमा सन् २०२१ मा ११२ त्यस्ता घटना भएको जनाइएको छ । दाइजोका कारण हत्याका घटना सन् २०२० मा तीन वटा भएकोमा सन् २०२१ मा ६ वटा त्यस्ता घटना भएको इन्सेकले जनाएको छ ।

‘सामाजिक न्याय र लैङ्गिक समानता ः दिगो विकासको सुनिश्चितता’ भन्ने मूल नाराका साथ एक सय १२ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहँदा इन्सेकले जारी गरेको यो तथ्यांकले समाजमा महिला अधिकारका सम्बन्धमा नीतिगत तथा कानुनी संरचना भए पनि तिनीहरुको कार्यान्वयनमा अझै सुधारको खाँचो औंल्याएको छ ।

सम्बन्धित समाचार

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ फाल्गुन २४, २१: ५०

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७८ फाल्गुन २४, २१: ५०

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७८ फाल्गुन २४, २१: ५०

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...