८० राजनीतिक दलहरूको जाँचबुझ प्रक्रिया अन्तिम चरणमाःनिर्वाचन आयोग – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

८० राजनीतिक दलहरूको जाँचबुझ प्रक्रिया अन्तिम चरणमाःनिर्वाचन आयोग

नयाँ विकल्प,

काठमाडौं –

स्थानीय तहको निर्वाचनका लागि दर्ता हुन निर्वाचन आयोगमा निवेदन दिएका ८० राजनीतिक दलहरूको जाँचबुझ प्रक्रिया अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ ।

आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बिहीबार विज्ञप्ति जारी गर्दै ८० राजनीतिक दलहरूको जाँझबुझ प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएका हुन् । मतदाता नामावली अद्यावधिक ‘दाबी विरोधसमेत’ कार्यक्रम, २०७८ अन्तर्गतका कार्यक्रम सञ्चालन भइरहेको आयोगले जनाएको छ ।

यस्तै स्थानीय तह निर्वाचनका लागि आवश्यक हुने २३ प्रकारका निर्वाचन सामग्रीको खरिदका लागि दश प्याकेजमा प्रकाशित बोलपत्रको सूचना बमोजिम पर्न आएका बोलपत्र मध्ये सबैभन्दा न्यूनतम मूल्यांकन भएको बोलपत्र आयोगको फागुन २२ को निर्णय बमोजिम स्वीकृत भई सम्झौताको प्रक्रिया अगाडी बढेको आयोगको भनाइ छ ।

स्थानीय तह निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नामावली सम्बन्धित निकायबाट प्राप्त भएको र ती नामावली हाल अध्ययनको क्रममा रहेको समेत आयोगले जनाएको हो ।

सम्बन्धित समाचार

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०७८ फाल्गुन २६, २३: १०

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ फाल्गुन २६, २३: १०

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७८ फाल्गुन २६, २३: १०

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...