मोटरसाइकल चोरी गर्ने ५ जना प्रहरीको फन्दामा – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

मोटरसाइकल चोरी गर्ने ५ जना प्रहरीको फन्दामा

नयाँ विकल्प,

काठमाडौं – काठमाडौका विभिन्न स्थानबाट मोटरसाइकल र साइकल चोरी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । उनीहरुलाई गोकर्णेश्वर नगरपालिका ५ बाहुनधाराबाट सोमबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा गोकर्णेश्वर नगरपालिका ५ बाहुनधारा बस्ने २० वर्षीय सुरेश श्रेष्ठ, सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, गोकर्णेश्वर बस्ने २४ वर्षीय योग राज लिम्बु, गोकर्णेश्वर नगरपालिका ५ जोरपाटी बस्ने २० वर्षीय दिपेश मगर र गोकर्णेश्वर नगरपालिका ८ माकलबारी बस्ने २४ वर्षीय विशाल राना रहेका छन् । महानगरीय प्रहरी बृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई ५ थान चोरीका मोटरसाइकल र २ वटा साइकलसहित फेला पारी पक्राउ गरेको हो । जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई उनीहरुमाथि महानगरीय प्रहरी वृत्त बौद्धले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ फाल्गुन २७, २१: ४९

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७८ फाल्गुन २७, २१: ४९

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७८ फाल्गुन २७, २१: ४९

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...