
नयाँ विकल्प,
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहहरुले नाममा भन्दा काममा ध्यान दिन आवस्यक भएको भन्दै नामका विषयमा धेरै चित्त नदुखाउन जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।
जनप्रतिनिधिहरुले स्थानीय ‘तह’ भन्दा स्थानीय ‘सरकार’ राम्रो हुने भन्दै गुनासो गरेपछि प्रधानमन्त्री देउवाले यसका लागि दलीय सहमति जुटाएर संविधान संशोधन गर्नुपर्ने भएकाले आफु त्यसका लागि तयार रहेको बताए ।
नेपाल नगरपालिका संघको २९ औँ वार्षिकोत्सवका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले नगरपालिकाका जनप्रतिनिधिहरूलाई सेवा प्रवाहमा ध्यान दिन अनुरोध गरे । स्थानीय सरकार लोकतन्त्रको पहिलो पाठशाला र जनताको घरदैलोको सरकार भएको भन्दै उलने शब्दमा आपत्ति जनाउन नहुने बताए ।
उनले सबै पार्टीलाई सहमतिमा ल्याएर कहाँ–कहाँ संशोधन गर्ने हो गरौँला तर, मुख्य कुरा काम भएकालले सेवा प्रवाह गरी जनताको दुःख हटाउने काम गर्न आग्रह गरे ।
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...