त्रिविलाई उच्च शिक्षा सुधार केन्द्र बनाइने शिक्षा मन्त्री पौडेलको भनाइ – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

त्रिविलाई उच्च शिक्षा सुधार केन्द्र बनाइने शिक्षा मन्त्री पौडेलको भनाइ


नयाँ विकल्प,

काठमाडौं – शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सरकारले भौतिक संरचनालाई समेत परिमार्जन गर्ने गरी त्रिभुवन विश्वविद्यालयलाई नेपालको उच्च शिक्षा सुधार केन्द्रको रुपमा विकास गर्ने बताएका छन् । मंगलबार त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्ताकालयको भवन शिलान्यास कार्यक्रममा मन्त्री पौडेलले उच्च शिक्षा सुधारको लागि त्रिभुवन विश्व विद्यालयले अग्रसरता देखाउनु पर्ने बताए । मन्त्री पौडेलले सरकारले ७५३ वटै स्थानीय तहमा प्राविधिक शिक्षा पु¥याउने गरी काम गरिरहेको बताए । मन्त्री पौडेलले सबै प्राध्यापक तथा विद्यार्थी संगठनहरुले विश्वविद्यालय सुधार गर्न सहयोग गर्न र विश्वविद्यालयलाई प्रध्यापक तथा विद्यार्थी वा कर्मचारीका जायज मागलाई सम्बोधन गरेर वार्ताको माध्यमबाट समाधान गर्न अनुरोध गरे । नेपालको शिक्षा प्रणालीलाई सुधार गर्न उच्च शिक्षा, माध्यमिक शिक्षा र प्राविधिक शिक्षा सुधार गर्नु पर्ने उनको भनाई छ ।

सम्बन्धित समाचार

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
  • २०७८ चैत्र १, २१: ०२

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...

लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५एफ अन्तर्गत क्लस्टर २ को नेतृत्वमा अभिमुखीकरण तथा वार्षिक योजना कार्यक्रम सम्पन्न
लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५एफ अन्तर्गत क्लस्टर २ को नेतृत्वमा अभिमुखीकरण तथा वार्षिक योजना कार्यक्रम सम्पन्न
  • २०७८ चैत्र १, २१: ०२

काठमाडौं : लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५एफ अन्तर्गत क्लस्टर २ द्वारा आयोजित एक दिवसीय ‘लिडरसिप ओरियन्टेसन एन्ड अनुअल प्लानिङ वर्कसप’ लायनहरुमा...

राष्ट्रिय सभामा जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण
राष्ट्रिय सभामा जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण
  • २०७८ चैत्र १, २१: ०२

काठमाडौं : राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले जनसरोकारका विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । आजको बैठकको शून्य समयमा राष्ट्रियसभा सदस्य...