साना दलहरुलाई निर्वाचनमा उनीहरुकै चुनाव चिह्न दिन निर्वाचन आयोग सकारात्मक – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

साना दलहरुलाई निर्वाचनमा उनीहरुकै चुनाव चिह्न दिन निर्वाचन आयोग सकारात्मक

नयाँ विकल्प,

काठमाडौं – राष्ट्रिय दलको मान्यता नपाएका साना दलहरुले स्थानीय तहको चुनावमा आफ्नै चुनाव चिह्न पाउने भएका छन् । राष्ट्रिय दलको मान्यता नपाएका दलहरुलाई उनीहरुकै चुनाव चिह्न दिन निर्वाचन आयोग सकारात्मक भएको हो ।

त्यसका लागि दलहरुले कुन कुन जिल्लामा आफ्नो दलको संगठनात्मक संरचना छ भन्ने विवरण मतपत्र छाप्नु अघि नै निर्वाचन आयोगलाई दिनुपर्नेछ । निर्वाचन आयोगले राष्ट्रिय मान्यता नपाएका ७३ वटा राजनीतिक दलको चुनाव चिन्ह दिने विषयमा लामो छलफल गरेको थियो ।

साना दलका प्रतिनिधिसँग औपचारिक तथा अनौपचारिक छलफल पश्चात प्राप्त सुझावको आधारमा चुनाव चिन्हबारे निर्णय भएको हो । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुने दलको संख्या ७९ छ ।

जसमध्ये ६ वटा दलले राष्ट्रिय मान्यता पाएका छन् । राष्ट्रिय मान्यता पाएका दलले मात्र निर्वाचनमा पार्टीको चुनाव चिन्ह प्रयोग गर्न पाउने प्रावधान छ ।

सम्बन्धित समाचार

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०७८ चैत्र २, २१: ५२

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ चैत्र २, २१: ५२

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७८ चैत्र २, २१: ५२

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...