स्थानीय तहको चुनावमा केन्द्रित हुन एमाले अध्यक्ष ओलीको निर्देशन – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

स्थानीय तहको चुनावमा केन्द्रित हुन एमाले अध्यक्ष ओलीको निर्देशन


नयाँ विकल्प,

काठमाडौं- नेकपा एमालेले आफ्ना सांसदहरुलाई स्थानीय तह निर्वाचनमा केन्द्रित हुन निर्देशन दिएको छ । बुधबार बसेको पार्टी संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सांसदहरुलाई चुनाव केन्द्रित हुन र गाउँ गाउँ जान निर्देशन दिए । उनले गाउँ गएर केन्द्रीय गतिविधि र संसद विघटनको विषयमा पार्टीको धारणा प्रष्ट राख्न आग्रह गरेका एक सांसदले जानकारी दिए । निर्वाचनमा कुनै दलसँग गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा छलफल भएपनि यसबारे कुनै निर्णय भने नभएको बताइएको छ । अध्यक्ष ओलीले आगामी स्थानीय तहको निर्वाचनमा एमाले एक्लै लड्ने संकेत यस अगाडी नै दिइसकेका छन् । उनले दुइदिन अघि मात्रै स्थानीय तहमा एमालेले ७० प्रतिशत सिट चित्ने दावी गरेका थिए ।

सम्बन्धित समाचार

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०७८ चैत्र २, २२: ३९

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ चैत्र २, २२: ३९

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७८ चैत्र २, २२: ३९

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...