
काठमाडौं । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालका सबै स्थानीय तहहरुका नागरिकहरुलाई स्वास्थ्य बीमा सेवा उपलब्ध गराउने उद्देश्यले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम सोमबार चन्द्रागिरि नगरपालिकामा पनि सुभारम्भ भएको छ ।
काठमाडौंको पश्चिम भेगमा अवस्थित चन्द्रागिरि नगरपालिकामा सबै नागरिकहरुलाई स्वास्थ्य बीमा सेवा उपलब्ध गराउन स्वास्थ्य बीमा बोर्डले आग्रह गरेसंगै चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीको प्रमुख आतिथ्यतामा नगरपालिकाको सुविधा सम्पन्न प्रशासनिक भवनको सभाहलमा आयोजित कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले मेयर गिरीलाई स्वास्थ्य बीमा दर्ता कार्ड हस्तान्तरण गरेर स्वास्थ्य बीमा कार्यक्रमको सुभारम्भ गरेका हुन् ।

चन्द्रागिरि नगरपालिकाका मेयर, उप–मेयर र वडाअध्यक्षहरुले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत स्वास्थ्य बीमामा नाम दर्ता गरेर सबै नागरिकहरुलाई स्वास्थ्य बीमा कार्यक्रमा सहभागि हुन आग्रह गरे । उक्त कार्यक्रममा चन्द्रागिरि नगरपालिका वडाअध्यक्षहरु वडा नं. ४ का कृष्ण प्रसाद खड्गी, वडा नं. ७ का सम्भु कुमार केसी, वडा नं. ९ का देवेन्द्र महर्जन, वडा नं. ११ का हरिभक्त महर्जन, वडा नं. १३ का बाल मुकुन्द विडारी, वडा नं. १५ का उत्तम बहादुर राउत तथा जेष्ठ नागरिक टयुवलाल महर्जनलाई स्वास्थ्य बीमा कार्ड दर्ता गराई सुभारम्भ गरिएको हो । त्यसैगरी स्वास्थ्यकर्मीहरु, वडा सदस्यहरु तथा सर्वसाधरणहरुले पनि स्वास्थ्य बीमा गर्दै बीमा कार्यक्रममा सहभागि भएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि एवम् नगरपालिकाका मेयर घनश्याम गिरिले सम्पूर्ण नगरवासीहरुलाई स्वास्थ्य बीमा सेवामा सूचीकृत भई सम्पूर्ण परिवारले नै यसको सूविधा लिन आग्रह गरे । स्वास्थ्य बीमा अन्तर्गत वार्षिक ३५००।– भुक्तानी गरेपछि सो परिवारका ५ जना सदस्यले रु १ लाख बराबरको स्वास्थ्य सेवा बीमा बापत उपचार सेवा पाउने हुँदा सबै घर परिवारले अनिवार्यरुपमा स्वास्थ्य बीमा गर्नुपर्ने बताए ।

स्वास्थ्य बीमा अन्तर्गत चन्द्रागिरि नगरपालिकाका सबै नागरिकहरुले पनि रु १ लाख बराबरको स्वास्थ्य उपचार सेवा पाउने हुँदा सरकारी अस्पतालहरुमा सो सेवा लागु गराउन लागिएको बताइएको छ ।
स्वास्थ्य बीमा कार्यक्रम २०७२ साल चैत्र २५ गते कैलाली जिल्लाबाट सुरु गरिएको भएता पनि हाल सम्म सबै स्थानीय तहहरुमा सुरु गर्न नसकिएको कार्यकारी निर्देशक बसौलाले बताए । वार्षिक रुपमा रु ३५००।– बुझाएमा परिवारका ५ जना सदस्यहरुलाई रु १लाख बराबरको स्वास्थ्य बीमा पाउने र थप एक जना भएमा रु ७००का दरले थप्दै जानु पर्ने कार्यकारी निर्देशक बसौलाले जानकारी दिए ।
नेपाल भारत धार्मिक तथा सांस्कृतिक क्षेत्रमा सदिँयौदेखि निरन्तर चल्दै आएको आपसी सम्बन्ध र धार्मिक अनुष्ठानका कार्यक्रमहरु हिन्दु धर्मावलम्बीहरुका लागि उच्च...
१. के हुँदैछ यो देशमा ? भनिन्थ्यो—वहुमतको सरकार आएपछि मुलुकमा राजनीतिक स्थिरता आउँछ । त्यसो त भदौ २४गतेसम्म यो देशमा...
काठमाडौं । नेपालको सबैभन्दा पुरानो र ऐतिहासिक लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसमा यतिबेला आन्तरिक मतभेद र गाली गलौज उत्कर्षमा पुगेको छ...