नयाँ विकल्प,
काठमाडौं – नेपाल प्रहरीले थपिएका तल्लो तहका तीन पदमा बढुवा प्रक्रिया सुरु गरेको छ । प्रहरीको तल्लो तहमा लामो समयदेखि बढुवा भएको थिएन । बढुवा नहुँदा तल्लो तहका कर्मचारीको मनोबल खस्किएको निष्कर्षसहित थप भएका पदमा बढुवा प्रक्रिया थालिएको हो ।
बढुवाको प्रक्रियाअनुासर प्रहरी नायव निरीक्षकबाट प्रहरी वरिष्ठ नायव निरीक्षकमा एक हजार चार सय १८ जना पर्ने छन् । यस्तै प्रहरी हवल्दारबाट प्रहरी वरिष्ठ हवल्दारमा तीन हजार सात सय ४८ जना र प्रहरी जवानबाट प्रहरी सहायक हवल्दारमा १५ हजार दुई सयभन्दा माथिको बढुवा हुँदैछ ।
यी मध्य पहिलो चरणमा बिहीबार प्रहरी वरिष्ठ नायव निरीक्षकमा एक सय ९१ जना, प्रहरी वरिष्ठ हवल्दारमा एक हजार एक सय ७३ जना तथा प्रहरी सहायक हवल्दारमा एक हजार सात सय ५२ जना बढुवा सिफारिस भएका छन् ।
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...