शिक्षक सेवा आयोगका परीक्षार्थीले हलभित्र मोबाइल लैजान नपाउने – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

शिक्षक सेवा आयोगका परीक्षार्थीले हलभित्र मोबाइल लैजान नपाउने


नयाँ विकल्प,

काठमाडौं – शिक्षक सेवा आयोगले विभिन्न तहको शिक्षक पदमा परीक्षा दिन जाने परीक्षार्थीलाई परीक्षा हलमा मोबाइल नलैजान सूचित गरेको छ । शिक्षक आयोगले विद्यालय तहका माध्यमिक, निम्न माध्यामिक, प्राथमिक र आन्तरिक प्रतियोगितात्मक बढुवाका परीक्षा सञ्चालन गरिरहेको छ ।आयोगले सार्वजनिक गरेको सूचनामा परीक्षालाई मर्यादित बनाउने कार्यमा मोबाइल फोनलगायतका एलेक्ट्रोनिक डिभाइस साथमा नलैजान भन्दै लगेमा परीक्षा केन्द्रमा रहेका कर्मचारीबाट जफत हुन सक्ने बताएको छ । आयोगले परीक्षा केन्द्रमा खटिने कर्मचारीहरुलाईसमेत सोही अनुसार आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको छ । आयोगले १७ हजार बढी रिक्त रहेको विभिन्न तहको शिक्षक पदमा परीक्षा लिईरहेको छ । माध्यमिक तहको परीक्षा मंगलबार सकिएको छ ।

सम्बन्धित समाचार

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
  • २०७८ चैत्र १६, २१: ४५

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...

लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५एफ अन्तर्गत क्लस्टर २ को नेतृत्वमा अभिमुखीकरण तथा वार्षिक योजना कार्यक्रम सम्पन्न
लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५एफ अन्तर्गत क्लस्टर २ को नेतृत्वमा अभिमुखीकरण तथा वार्षिक योजना कार्यक्रम सम्पन्न
  • २०७८ चैत्र १६, २१: ४५

काठमाडौं : लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५एफ अन्तर्गत क्लस्टर २ द्वारा आयोजित एक दिवसीय ‘लिडरसिप ओरियन्टेसन एन्ड अनुअल प्लानिङ वर्कसप’ लायनहरुमा...

राष्ट्रिय सभामा जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण
राष्ट्रिय सभामा जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण
  • २०७८ चैत्र १६, २१: ४५

काठमाडौं : राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले जनसरोकारका विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । आजको बैठकको शून्य समयमा राष्ट्रियसभा सदस्य...