
नयाँ विकल्प,
काठमाडौं – बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न २० देशका लागि राजदूत सिफारिस गरेको छ । आज साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले २० जना राजदूत नियुक्तिका लागि सिफारिस गरेको हो । प्रस्तावित राजदूतमा जनता समाजवादी पार्टी (जसपा)बाट डेनमार्कका लागि प्रा.डा.रामस्वार्थ राय र साउदी अरेबियाका लागि नवराज सुवेदी रहेका छन् । यस्तै एकीकृत समाजवादीबाट मिलन तुलाधर रुस, कैलाश राज पोखरेल अस्ट्रेलिया र डिल्लीराज पौडेललाई कतार वा मलेसियाका लागि सिफारिस गरिएको छ । यस्तै नेकपा माओवादी केन्द्रबाट विष्णु पुकार श्रेष्ठ चीनको लागि राजदूत सिफारिस भएका छन् । त्यस्तै परराष्ट्र सेवाबाट दुर्गाबहादुर सुवेदी (जापान), निर्मला काफ्ले, भरतकुमार रेग्मी, सुशीलकुमार लम्साल, डोरनाथ अर्याल, तीर्थराज वाग्ले, हरिषचन्द्र घिमिरे र घनश्याम भण्डारी नियुक्तिका लागि सिफारिस भएको हो ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...