
नयाँ विकल्प,
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जताबाट प्रयास गर्दा पनि नागरिकता विधेयक पारित गराउन नसकिएको बताएका छन् ।
उनले कहिले एमाले र कहिले सर्वोच्च अदालतका कारण विधेयक अलमलमा परेको दावी गरेका छन् । बिहीबार सिरहामा आयोजित कार्यक्रममा उनले नेकपा एमालेको अवरोधका कारण संसदमा नागरिकतासम्बन्धी विधेयक पारित गर्न नसकेको बताए ।
नागरिकता विधेयक संसदमा व्यापक छलफल गरेर पारित गर्नुपर्नेमा एमालेको अवरोधका कारण छलफल र पारित हुन नसकेको प्रचण्डको भनाई छ ।
उनले संसद अवरोध भएपछि अध्यादेश ल्याएरै भए पनि नागरिकताको समस्या समधान गर्न खोज्दा अदालतले नागरिकतासम्न्धी अध्यादेश ल्याउन रोक लगाएको बताए ।
प्रचण्डले अदालतले नागरिकतामा देखिएका गम्भीर र संवेदनशील विषयलाई सदनमा छलफल गराएर प्रतिनिधिसभाबाट पारित गर्नुपर्छ भनेकाले अध्यादेश ल्याउन नपाइएको दुखेसो पोखे ।
प्रचण्डले अब संसद अधिवेशन सुरु भएपछि एमालेको अवरोधकै बीच पनि नागरिकता विधेयक पारित गरेरै छाड्ने भन्दै सदन अवरोध भए पनि बजेट र एमसीसी पारित गरे जस्तै नागरिकता विधेयक पनि पारित गरिने बताए ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...