
नयाँ विकल्प,
काठमाडौं- राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको चौथो राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ।
२७ गतेसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्वसहित १५१ सदस्यीय केन्द्रीय समिति चयन गर्नुका साथै र भावी कार्यदिशा तय गर्नेछ। महाधिवेशनमा सात सयभन्दा बढी प्रतिनिधिहरु सहभागी हुने संघले जनाएको छ। आफूहरुले संघबाट महासंघमा जाने तयारी गरेको अध्यक्ष रामबहादुर चन्दले बताए। उनका अनुसार महासंघमा परिणत हुन ५० हजार सदस्य र १० वटा महाशाखा आवश्यक पर्दछ। देशभर हाल १२ हजार स्वास्थ्यकर्मी राष्ट्रिय स्वास्थ्यकर्मी संघमा आवद्ध छन्।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...