
नयाँ विकल्प,
काठमाडौं- भारत सरकारले नेपालका ५२४ वटा स्थानीय तहका स्वास्थ्यचौकी, विद्यालय सिँचाई परियोजना निर्माणका लागि आर्थिक सहयोग गरेको छ ।
यस्तै, धदिङ् जिल्लामा जनविसका माध्यमिक विद्यालय, इरकोट स्वास्थ्य चौर्की, भवन, महेशफाट सिँचाई परियोजनाको निर्माणको लागि भारतीय राजदूतावा तथा नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्थानी दुहँ गाउँपालिकाविच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
यी परियोजनाहरु नेरु ७ करोड ८ लाखमा निर्माण हुने अनुमान गरिएको छ । भारतिय राजदुतावसका अनुसार यी परियोजना निर्माणले स्थानीय बासिन्दाहरुलाई राम्रो शिक्षा स्वास्थ्य र कृषि उत्पादनमा सहयोग पुग्ने जनाएको छ ।
सन्२००३ मभारत सरकारले सातै वटा प्रदेशका विभिन्न स्थानीय तहहरुमा शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा परियोजना सम्पन्न गरेको छ ।
यस्तै, भारत सरकारले नेपालमा विभिन्न ग्रामिण भेगमा ५२४ सामूदायिक परियोजनाहरु अघि बढाएको जनाएको छ । जस मध्ये ४६७ वटा परियोजाहरु सम्पन्न गरिसकेको छ ।
छिमेकी राष्ट्र भएको नाताले भारत सरकार सदैव नेपालसँग सहकार्य गर्न तयार रहेको दुतावासबाट जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...