
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभर ५ हजार १४४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २२ मा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
सोही अवधिमा थप ४६ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल सक्रिय सङ्क्रमितको सङ्ख्या कूल ५६८ पुगेको छ ।
हालसम्म नेपालमा ११ हजार ९५१ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । नेपालमा २४ घण्टामा मात्रै १५ हजार ३५५ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।
उदयपुर — त्रियुगा नगरपालिकाको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा तीनदिने बृहत् निःशुल्क आँखा जाँच शिविर सञ्चालन...
काठमाडौँ । हरेक वर्ष जुलाई २८ का दिन विश्वभर विश्व हेपाटाइटिस दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मनाइँदै आएको छ। हेपाटाइटिसविरुद्ध...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यसहित आगामी दुई वर्षभित्र नेपाल औषधि लिमिटेडमार्फत ३६...