
नयाँ विकल्प,
काठमाडौैं – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सरकारले हठातमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेर सरकारले गलत काम गरेको बताएका छन् ।
उनले अहिलेको संकटपूर्ण अवस्थामा गभर्नरमाथि गरिएको कारवाहीले विदेशी दातृ निकायलाई समेत प्रभावित बनाएको बताएका छन् । मंगलबार निजामती कर्मचारी युनियनले काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले गभर्नरलाई निलम्बन गर्दा अर्थतन्त्र झन् अप्ठ्यारो अवस्था तर्फ मोडिने बताए । देशको अर्थतन्त्र ओरालो लागेको बेला राष्ट्र बैंकको गभर्नर निलम्बन गरिनु गैरजिम्मेवारीपूर्ण काम भएको उनको भनाई छ ।
कोइरालाले ४० करोड विदेशी रकम नेपाल आएको र त्यसबारे छानबिन राष्ट्र बैंकले गरेको प्रसंग निकाल्दै विश्वमा जहाँ पनि अर्थमन्त्री र गभर्नरबीच खटपट चलिरहेको हुने बताउँदै यसैलाई ठूलो विषय बनाएर कारवाहीमा जानु ठूलो भुल भएको बताए ।
नेपालको अर्थतन्त्र र यसलाई सम्हाल्ने निकायप्रति विश्वको ध्यान जाने भन्दै उनले विश्व बैंक, एशियाली विकास बैंक, आइएमएफ र अरु धेरै दातृ निकायहरुमा यसले नराम्रो संदेश दिएको बताए । कोइरालाले सुपारी, मरिच, छोकडा, मटरदानाको आयात किन भइरहेको छ भन्ने प्रश्न गरेका छन् । यस्ता बस्तु आयात गर्दा अर्बौं विदेशी रकम खर्च हुने उनको भनाइ छ । ‘यति धेरै सुपारी किन चाहियो नेपाललाईरु त्यसको जवाफ सरकार र अर्थमन्त्रालयले दिनुपर्छ,’ उनले भने ।
कोइरालाले स्थानीय तह निर्वाचनका उम्मेदवार छनोटमा केन्द्रको हस्तक्षेप भएको भन्दै आपत्ति जनाएका छन् । उनले आफ्नै निर्णय र निर्देशन अवज्ञा गरेर केन्द्रबाट उम्मेदवार छनौटमा हस्तक्षेप भएको बताए ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...