
नयाँ विकल्प,
काठमाडौं – काठमाडौंमा १३१ औँ अम्बेडकर जयन्ती मनाइएको छ । बीपी कोइराला भारत नेपाल फाउण्डेशन काठमाडौं र काठमाडौं विश्व विद्यालयको सहकार्यमा अम्बेडकरको जयन्ती मनाइएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै नेपालका प्रथम राष्ट्रिपति डा.रामवरण यादवले डा.भीमराव अम्बेडकरको योगदान र भारतको संविधान निर्माणमा महत्वपूर्ण योग्दान रहेको उल्लेख गरे ।
अम्बेडकरको भारतको संविधान निर्माणमा महत्वपूर्ण भूमिका रहनुका साथै दूरदृष्टि भएका व्यक्ति समेत रहेको उनले बताए ।
यस्तै, कार्यक्रममा पूर्व सभामुख दमननाथ ढुङ्गानाले नेपालसहित दक्षिण एसियाकै परिपेक्ष्यमा बाबासाहेव अम्बेडकरको संविधानिकता र विधिको शासनको सन्देशको सान्दर्भिकता माथि प्रकाश पारेका थिए ।
यस्तै, कार्यक्रममा डा.यम बहादुर किसान, कमला हेमचुरी, हरि शर्मा लगाएतले मन्तव्य राखेको थिए । सो
कार्यक्रममा काठमाडौं विश्वविद्यालयमा उपकुलपति प्राध्यापक डा.भोला थापा, भारतका लागि नेपालका पूर्व राजदूत प्रध्यापक लोकराज बराल, बीपी कोइराला भारत नेपाल फाउण्डेशनका सविच नवीन कुमारको सहभागी जनाएका थिए ।
सो अवसरमा विश्वविद्यलाय नेपाल सेन्टर फर कन्टेम्पररी स्टडीजको उद्घाटन समेत गरिएको थियो ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...