
नयाँ विकल्प,
काठमाडौं- उच्च लागत र मुद्रास्फीति जस्ता विश्वव्यापी आर्थिक तरलताका स्थितिले लेबनानको संकट लाई थप बढाएको संयुक्त राष्ट्रसंघीय बाल कोष (यूनिसेफ)ले बुधबार जनाएको छ ।
रिपोर्टमा यहाँका बालबालिकाको स्वास्थ्यमा निम्तिएको गम्भीर परिणामहरू पनि समावेश छन् । संयुक्त राष्ट्रसंघीय बाल कोषले बुधबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार ८० प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेका र धेरै परिवारले आफ्ना छोराछोरीलाई उपचारका लागि स्वास्थ्य सेवा केन्द्रमा लैजान यातायात खर्चसमेत जुटाउन सक्दैनन् र धेरैले आफ्ना छोराछोरीलाई बाँच्न र फस्टाउन आवश्यक खानेकुरा र पोषण दिन सकेका छैनन् ।
लेबनानमा युनिसेफका प्रतिनिधि एट्टी हिगिन्सले भने, “आर्थिक संकटले स्वास्थ्य क्षेत्रमा समस्या उत्पन्न गरेको छ । औषधी तथा उपकरणहरूको आयातमा सीमितता आएको कारण खासगरी महिला तथा बालबालिकाको स्वास्थ्य सेवाको गुणस्तरलाई गम्भीर रूपमा असर गरेको छ । समस्याका कारण खोप दरमा पनि कमी आएको देखिन्छ र बच्चाहरू दादुरा, डिप्थेरिया र निमोनियाजस्ता घातक रोगहरूको सिकार भएका छन् ।”
बच्चाहरूको नियमित खोप ३१ प्रतिशतले कम भएको छ । यद्यपि यो दर पहिले नै कम भइसकेको र यसका कारण असुरक्षित भनिएका बालबालिकाहरूको ठूलो मात्रामा रोगहरू देखा परेका छन् ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...