शिक्षा मन्त्री पौडेलले चिकित्सा विज्ञानको पढाइलाई व्यवस्थित र स्तरीय बनाउन सरोकारवालासँग गरे छलफल – Naya Bikalpa
April 19, 2024, Friday

शिक्षा मन्त्री पौडेलले चिकित्सा विज्ञानको पढाइलाई व्यवस्थित र स्तरीय बनाउन सरोकारवालासँग गरे छलफल

नयाँ विकल्प,

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चिकित्सा विज्ञानको पढाइ नेपालमै व्यवस्थित र स्तरीय बनाउने विषयमा छलफल चलाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले चिकित्सा शिक्षा आयोग, त्रिवि, शिक्षण अस्पताल, काठमाडौँ विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालयलगायत पदाधिकारीसँगको छलफलमा मेडिकल साइन्सको पढाइ नेपालमै व्यवस्थित र स्तरीय बनाउने विषयमा आज छलफल गरेका हुन् ।
मेडिकल शिक्षा आर्जनका लागि बर्सेनि रु ९८ अर्ब रकम देश बाहिर गइरहेको बताउँदै नेपालमै व्यवस्थित र स्तरीय बनाउनुपर्नेमा मन्त्री पौडेलले जोड दिए ।
मन्त्री पौडेलले कागजमा दक्ष जनशक्ति पर्याप्त देखिए पनि फिल्डमा नभएको गुनासो गरे । छलफलमा मेडिकल क्षेत्रमा बजेट कम हुँदा धेरै समस्या आएको बताउँदै बजेट बढाउन मन्त्रीलाई आग्रह गरेका थिए ।

सम्बन्धित समाचार

भारतद्वारा दार्चुला जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरुको शिलान्यास तथा उद्घाटन
भारतद्वारा दार्चुला जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरुको शिलान्यास तथा उद्घाटन
  • २०७९ बैशाख १३, २०: २७

व्याँस गाउँपालिकाका अध्यक्ष मंगल सिंह धामी र भारतीय राजदूतावास, काठमाडौंका द्वितीय सचिव प्रशान्त कुमार सोनाले भारत सरकारको नेरु २.८२ करोड...

हिमालयन हाइड्रो एक्स्पोमा १२ देश सहभागी ,अडानी ग्रुप समेत सामेल
हिमालयन हाइड्रो एक्स्पोमा १२ देश सहभागी ,अडानी ग्रुप समेत सामेल
  • २०७९ बैशाख १३, २०: २७

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिको संयुक्त आयोजनामा यही वैशाख १२ देखि १४...

गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखको भूमिका असंवैधानिक र आपत्तिजनकः कांग्रेस
गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखको भूमिका असंवैधानिक र आपत्तिजनकः कांग्रेस
  • २०७९ बैशाख १३, २०: २७

काठमाडौं। प्रदेश सरकार गठन गर्ने नाममा गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट गरिएका निर्णय र क्रियाकलापप्रति नेपाली कांग्रेसले घोर आपत्तिजनक...