लु बाट यसरी बाच्न सकिन्छ – Naya Bikalpa
April 16, 2024, Tuesday

लु बाट यसरी बाच्न सकिन्छ

नयाँ विकल्प,

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा (लु)बाट जोगिन आग्रह गरेको छ । गर्मीयाम बढेसँगै तराईमा तातो हावा चल्न थालेकाले मन्त्रालयले सूचना जारी गर्दै लुबाट बच्न दिउँसो घरबाट ननिस्कन आग्रह गरेको छ ।

बाहिर निस्कनै परे पातलोे कपडाले टाउको छोप्ने वा छाता ओढ्ने, फलफूलको रस वा पानी पिउने, धेरै पसिना आएमा कहिलेकाहीँ जीवनजल पिउने, चिसो पानीले नुहाउने, खेतबारीमा कामकाज सकभर बिहान वा बेलुका गर्ने, चिनीको मात्रा बढी भएको झोल पदार्थ बढी नपिउने, चिया, कफी, सोडाजस्ता पेयपदार्थ नपिउने भनिएको छ ।

तातो हावाबाट श्वासप्रश्वासमा असर पर्ने, रक्तचाप कम हुने, शरीरबाट पिसिना निस्कने, टाउको अत्यधिक दुख्ने, चक्कर लाग्ने, अचेत हुने, शरीरको तापक्रम १०४ डिग्री फरेनहाइटभन्दा बढी हुनाका साथै छाला सुक्खा, रातो र तातो हुने गर्दछ ।

सम्बन्धित समाचार

‘मन्त्रीका अपराध छोप्न अधिवेशन अन्त्य गरियो’
‘मन्त्रीका अपराध छोप्न अधिवेशन अन्त्य गरियो’
  • २०७९ बैशाख १३, २२: ०८

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेट अधिवेशन आव्हान गर्न पर्याप्त समय हुँदा हुँदै अप्रत्यासित र असामयीक रुपले संघीय...

सुदूरपश्चिममा एकीकृत समाजवादीले लियो चौधरीलाई दिएको समर्थन फिर्ता
सुदूरपश्चिममा एकीकृत समाजवादीले लियो चौधरीलाई दिएको समर्थन फिर्ता
  • २०७९ बैशाख १३, २२: ०८

धनगढी । सुदूरपश्चिममा एकीकृत समाजवादीले यस अघि लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको छ । केन्द्रको सत्ता समीकरणमा रहेका दलहरुले...

‘सहकारी ठगी’ प्रकरण छोप्न संसद् अधिवेशन अन्त्य
‘सहकारी ठगी’ प्रकरण छोप्न संसद् अधिवेशन अन्त्य
  • २०७९ बैशाख १३, २२: ०८

काठमाडौं । प्रतिनिधि सभाको तेश्रो ठूलो दल नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदको पहिलो दल नेपाली कांग्रेस र दोश्रो...