
नयाँ विकल्प,
काठमाडौं – निर्वाचन आयोगले आचारसंहिता विपरित गतिविधि गर्ने उम्मेदवारको उम्मेदवारी रद्द गर्ने जनाएको छ । देशभरीका स्थानीय तहमा विभिन्न पदमा उम्मेदवारी दिएका उम्मेदवारहरुबाट निर्वाचन आचासंहिता विपरित कार्य भएको उजुरीहरु बढ्दै गएपछि आयोगले यस्तो चेतावनी दिएको हो ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार विज्ञप्ती जारी गँर्दै निर्वाचन आचासंहिता विपरित कुनै पनि कार्य गर्ने उम्मेदवारको उम्मेदवारी रद्द हुनसक्ने चेतावनी दिएका छन् । उनले विज्ञप्तीमा आचासंहिताबाहिर गएर कुनैपनि कार्य नगर्न सम्बन्धित दल र तिनका उम्मेदवारलाई आग्रह पनि गरेका छन् ।
आयोगले यसअघि पनि आचारसंहिता प्रतिकूल गतिविधि नगर्न नगराउन राजनीतिक दल तथा उम्मेदवारलाई सचेत गराइसकेको छ । दलका नेता तथा उम्मेदवारहरुले आचारसंहिताको पूर्ण परिपालना गर्ने प्रद्धिवद्धता जनाएपनि व्यवहारमा त्यस्तो नदेखिएको आयोगको भनाई छ ।
दल वा उम्मेदवारको चुनाव चिन्ह वा दलको झण्डाको तोरण बनाई सार्वजनिक प्रदर्शन गर्न वा गराउन नहुने आयोगले यसअघि पनि सूचित गराइसकेको जनाएको छ ।
आयोगले गरेको व्यवस्था विपरित कतिपय स्थानमा कानूनले वर्जित कार्य भैरहेको भन्ने आयोगको जानकारीमा आएको हुँदा राजनीतिक दल, उम्मेदवार, निर्वाचन प्रतिनिधि वा कुनै व्यक्तिले आचारसंहिता विपरीत पोष्टर, भित्तेलेखन, तुल, ब्यानर, डिजिटल डिस्प्लेजस्ता प्रचारात्मक सामग्री प्रयोग गरेको पाइएमा तत्काल हटाउने वा हटाउन लगाउने र त्यस्तो स्थानलाई दुरुस्त बनाई राख्न आदेश गरिएको विज्ञप्तीमा उल्लेख छ ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...