दाङमा दुई शव फेला – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

दाङमा दुई शव फेला

नयाँ विकल्प,

दाङ- तुलसीपुर उपमहानगरपालिका–१३ मा इनार खन्ने क्रममा पुरिएका एक युवाको शव आज फेला परेको छ । शव तुलसीपुर उपमहानगरपालिका–१७ जमेराका २५ वर्षीय हरि चौधरीको भएको खुलेको छ । शव तीन दिनपछि आज फेला परेको हो । गत शनिबार बिहान ११ बजे साजकुटीमा स्थानीय डिल्ली रोकाको घरमा इनार खन्ने क्रममा माटोको ढिस्कोले पुरिएपछि स्काभेटर प्रयोग गरेर निजको शव निकालिएको तुलसीपुर इलाका प्रहरी कार्यालयले जनाएको छ । निजको शव परीक्षणका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ । करिब ४० फिट गहिरो कुवा खन्ने क्रममा चौधरी पुरिएको खुलेको छ ।

यस्तै, खोलाले बगाउँदा बबई गाउँपालिका–४ हस्नापुरकी १७ वर्षीया सन्ध्या परियारको मृत्यु भएको छ । सोमबारको भारी वर्षाका कारण स्थानीय हस्नापुरमा बाढी आएका बेला सोही खोला तर्ने क्रममा बेलुका ५स्३० बजे बाढीले बगाएको हो। घटनालगत्तै प्रहरी टोलीले बगेको स्थानबाट १५० मिटर दक्षिणबाट उनको उद्धार गरेको हो । अवस्था गम्भीर रहेकोले उपचारको लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा पुु¥याएलगत्तै उनको मृत्यु भएको हो ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७९ बैशाख २०, १५: २७

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७९ बैशाख २०, १५: २७

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७९ बैशाख २०, १५: २७

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...