
नयाँ विकल्प,
डडेल्धुरा- डडेल्धुराका सातमध्ये कुनै पनि पालिकामा काँग्रेसले चुनावी तालमेल नगरी एकल उम्मेदवारी दिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लाका सातमध्ये काँग्रेसले एकल उम्मेदवारी दिएको छ । काँग्रेसले, जिल्लाका दुई नगरपालिकाको प्रमुख , उपप्रमुख र पाँच गाउँपालिकाको अध्यक्ष ,उपाध्यक्षमा उम्मेदवारी दिएको छ ।
यस्तै , अजयमेरु गाउँपालिका अध्यक्षमा पाँच जनाले उम्मेदवारी दिएका छन् । सत्तारुढ गठबन्धनमा रहेको नेपाली काँग्रेसले टेकराज पाण्डेय र नेकपा माओवादी केन्द्रले उमेशप्रसाद भट्टराई अध्यक्ष पदमा उम्मेदवार बनाएको छ । यो पालिकाको अध्यक्षमा नेकपा एमालेले पदमबहादुर पाललाई उम्मेदवार बनाएको छ । यस्तै, धनबहादुर साउद र प्रकाश बहादुर ऐरले भने अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
नेपाली काँग्रेसले बसन्ती पाललाई उपाध्यक्षको उम्मेदवार बनाएको छ । यस्तै, नेपाली काँग्रेस बीपी बाट रामचन्द्र ऐर, नेकपा माओवादी केन्द्रबाट कलावती भाड उपाध्यक्षको उम्मेदवार छन् । यहाँ टेकराज पनेरुले उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...