दार्चुलामा चट्याङ लागेर २ सय ५० भेडाबाख्रा मरे – Naya Bikalpa
March 29, 2024, Friday

दार्चुलामा चट्याङ लागेर २ सय ५० भेडाबाख्रा मरे

नयाँ विकल्प,

दार्चुला – दार्चुलाको दुँहु गाउँपालिकामा चट्याङले बाख्रा पालक कृषकहरूको ठूलो क्षति भएको छ । मंगलबार बेलुकी परेको चट्याङले दुँहु गाउँपालिका वडा नम्बर ५ को काङर बनक्षेत्रमा चरिचरनका लागि लगिएका भेडाबाख्रा सोतर भएका हुन् ।

दुँहु गाउँपालिकाका स्थानीय जमन सिंह कार्की, जमन सिंह बडाल, दीपक सिंह बडाल र जयलाल बडाल गरी चार जना स्थानीयका २ सय ५० जति भेडाबाख्रा मरेको बताइएको छ ।
भेडा बाख्रा मरेको खबर प्रहरी चौकी ब्रहमदेवमा गरेपछि घटनामा भएको क्षति जाँचबुझ गर्न प्रहरीको टोली आज बिहान १० बजेतिर घटनास्थल तिर गएको छ ।

सम्बन्धित समाचार

देउवाद्धारा आदिवासी जनजाति विभागमा १० सदस्य मनोनित
देउवाद्धारा आदिवासी जनजाति विभागमा १० सदस्य मनोनित
  • २०७९ बैशाख २१, २१: ३२

  काठमाडौं । नेपाली कांग्रेसको आदिवासी जनजाति विभागमा १० सदस्य थपिएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले दिलमान पाख्रिन नेतृत्वको...

धनकुटा कांग्रेसले पार्टीलाई नयाँ उत्साह र उर्जाका साथ अगाडी लैजाने
धनकुटा कांग्रेसले पार्टीलाई नयाँ उत्साह र उर्जाका साथ अगाडी लैजाने
  • २०७९ बैशाख २१, २१: ३२

धनकुटा । नेपाली कांग्रेस धनकुटाले पार्टीका सहमहान्त्री प्रतिनिधि सभा सदस्य जिवन परियार लगायत केन्द्रिय नेताहरुसंग बिहीबार जिल्ला पार्टी कार्यालय धनकुटामा...

प्रसाईंको हतियारबारे छानबिन गर्न गृहले बनायो समिति
प्रसाईंको हतियारबारे छानबिन गर्न गृहले बनायो समिति
  • २०७९ बैशाख २१, २१: ३२

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । सहसचिव राजेन्द्रदेव...