मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु – Naya Bikalpa
April 16, 2024, Tuesday

मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु


नयाँ विकल्प,

काठमाडौं- तिलाठीबाट राजबिराजतर्फ आउँदै गरेको को१७प ८५६३ नम्बरको पल्सर मोटरसाइकलले विपरीत दिशाबाट जाँदै गरेको साइकललाई ठक्कर दिँदा एक साइकल यात्रीको मृत्यु भएको छ ।

सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ स्थित राजबिराज–तिलाठी सडकखण्डमा दुर्घटना हुँदा घाइते भएका साइकलयात्रीको मृत्यु भएको हो ।

घाइते साइकलयात्री तिलाठी कोइलाडी गाउँपालिका–१ का ४३ वर्षीय सतिषकुमार यादवको आज मृत्यु भएको प्रहरीले जनाएको छ ।

परीक्षणका लागि शवलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ । ठक्कर दिने मोटरसाइकल चालक छिन्नमस्ता गाउँपालिका–१ का २० वर्षीय इन्द्रजीतकुमार यादव गम्भीर घाइते भएका छन् । घाइतेलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।

सम्बन्धित समाचार

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छः प्रधानमन्त्री
निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छः प्रधानमन्त्री
  • २०७९ बैशाख २२, १५: ०५

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको सहकार्यबाटै अर्थतन्त्रलाई गतिशील बनाउन सकिने बताएका छन् । नेपाल उद्योग परिसंघको २१औं...

विधेयक अधिवेशनमा ३ विधेयक मात्र पारित
विधेयक अधिवेशनमा ३ विधेयक मात्र पारित
  • २०७९ बैशाख २२, १५: ०५

  हिउँदे अधिवेशनलाई विधेयक अधिवेशन समेत भनेर चिन्ने गरिन्छ । तर संविधान बमोजिम अत्यावश्क विधेयकहरु नै सरकारले सदनमा पेश गरेन...

मधेश प्रदेश सरकारबाट बाहिरियो लोसपा
मधेश प्रदेश सरकारबाट बाहिरियो लोसपा
  • २०७९ बैशाख २२, १५: ०५

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । मंगलबार बसेको लोसपा संसदीय दलको बैठकले सरकारबाट बाहिरिने...