गठबन्धन १७ असारमा तोडिन्छ, कांग्रेसभन्दा ‘बिरालो’ क्रयशक्ति एमालेमा बढी – Naya Bikalpa
March 29, 2024, Friday
एमाले अध्यक्ष ओलीको पत्रकार सम्मेलन

गठबन्धन १७ असारमा तोडिन्छ, कांग्रेसभन्दा ‘बिरालो’ क्रयशक्ति एमालेमा बढी

काठमाठौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलले आफूले चाहे गठबन्धन भत्काउन ७ दिन पनि नलाग्ने दाबी गरेका छन् ।

आगामी बैशाख ३० हुने स्थानीय तहको निर्वाचनको विषयमा जानकारी दिने उदेश्यले आइतबार पार्टी मुख्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा ओलीले भने, ‘हामीले चाह्यौं भने यो एक हप्तामा त ढल्छ, ढल्छ ।’

उनले वर्तमान गठबन्धन असार १७ गते तोडिने दाबी गरे । उनले यस्तो दाबीको पछाडि कुनै कारण नभई ज्योतिषहरुले नै यस्तो भनेको बताए । पूर्वप्रधानमन्त्री ओलीले गठबन्धनमा आवद्ध राजनीतिक दलहरुलाई विरालोको संज्ञा दिँदै जसले ठूलो कचौरामा दूध दियो ति दलहरु उतै जाने आरोप लगाए ।

उनले कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्ने दललाई विरालोको उपमा दिँदै विरालो किन्नु नपर्ने भन्दै दूध भात दिएरै आफूतिर तान्ने संकेत गरे । ओलीले भने ‘विरालोको हकमा हाम्रो क्रयशक्ति कांग्रेसको भन्दा बढी छ ।’

पत्रकार सम्मेलनमा बोल्दै उनले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनमा रेणु दाहाललाई नजिताए देश दुर्घटनामा जाने चेतावनी दिएर प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई धम्क्याएको र देउवा थर थर काँपेको दाबी गरे ।

ओलीले भने ‘चितवनमा प्रचण्डले रेणु र चित्रसेनलाई जिताए म प्रफुल्लित हुन्छु, रेणुलाई भोट नहाले देश दुर्घटनामा जान्छ भन्दै धम्की दिएपछि प्रधानमन्त्री डराएको र काठमाडौं आएपछि रेणुलाई प्रचण्डले होइन, मैले उठाएको हुँ भनेका हुन् ।’
उनले प्रचण्डले पनि सिर्जना सिंहलाई प्रकाशमानकी श्रीमती भनेर बुझ्न नहुने बताएको भन्दै व्यंग्य गरे ।

सम्बन्धित समाचार

सर्वोच्चको आदेशः पशुपति क्षेत्रमा गाडी चल्न,शव गाड्न वैकल्पिक ठाउँ खोज्नुपर्ने
सर्वोच्चको आदेशः पशुपति क्षेत्रमा गाडी चल्न,शव गाड्न वैकल्पिक ठाउँ खोज्नुपर्ने
  • २०७९ बैशाख २५, १३: २०

  काठमाडौं । सर्वोच्च अदालतले पशुपति क्षेत्रभित्र इन्जिनबाट चल्ने सवारी साधनमा रोक लगाउन सरकारका नाममा आदेश जारी गरेको छ ।...

राजनीतिक संकट समाधान गर्न एमाले–कांग्रेस मिलेर जानुको विकल्प छैनः डा.शेखर
राजनीतिक संकट समाधान गर्न एमाले–कांग्रेस मिलेर जानुको विकल्प छैनः डा.शेखर
  • २०७९ बैशाख २५, १३: २०

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले देशमा राजनीतिक संकटहरु देखिन थालेको भन्दै त्यसको समाधान गर्न संसद्का दुई ठूला र...

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दबाब बढ्योः प्रधानमन्त्री
गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दबाब बढ्योः प्रधानमन्त्री
  • २०७९ बैशाख २५, १३: २०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्झौताअनुरूप गुणस्तरको काम नहुँदा राज्यमाथि अतिरिक्त दबाब बढ्दै गएको बताएका छन् । नेपाल निर्माण...