गठबन्धन १७ असारमा तोडिन्छ, कांग्रेसभन्दा ‘बिरालो’ क्रयशक्ति एमालेमा बढी – Naya Bikalpa
July 12, 2026, Sunday      Epaper
एमाले अध्यक्ष ओलीको पत्रकार सम्मेलन

गठबन्धन १७ असारमा तोडिन्छ, कांग्रेसभन्दा ‘बिरालो’ क्रयशक्ति एमालेमा बढी

काठमाठौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलले आफूले चाहे गठबन्धन भत्काउन ७ दिन पनि नलाग्ने दाबी गरेका छन् ।

आगामी बैशाख ३० हुने स्थानीय तहको निर्वाचनको विषयमा जानकारी दिने उदेश्यले आइतबार पार्टी मुख्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा ओलीले भने, ‘हामीले चाह्यौं भने यो एक हप्तामा त ढल्छ, ढल्छ ।’

उनले वर्तमान गठबन्धन असार १७ गते तोडिने दाबी गरे । उनले यस्तो दाबीको पछाडि कुनै कारण नभई ज्योतिषहरुले नै यस्तो भनेको बताए । पूर्वप्रधानमन्त्री ओलीले गठबन्धनमा आवद्ध राजनीतिक दलहरुलाई विरालोको संज्ञा दिँदै जसले ठूलो कचौरामा दूध दियो ति दलहरु उतै जाने आरोप लगाए ।

उनले कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्ने दललाई विरालोको उपमा दिँदै विरालो किन्नु नपर्ने भन्दै दूध भात दिएरै आफूतिर तान्ने संकेत गरे । ओलीले भने ‘विरालोको हकमा हाम्रो क्रयशक्ति कांग्रेसको भन्दा बढी छ ।’

पत्रकार सम्मेलनमा बोल्दै उनले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनमा रेणु दाहाललाई नजिताए देश दुर्घटनामा जाने चेतावनी दिएर प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई धम्क्याएको र देउवा थर थर काँपेको दाबी गरे ।

ओलीले भने ‘चितवनमा प्रचण्डले रेणु र चित्रसेनलाई जिताए म प्रफुल्लित हुन्छु, रेणुलाई भोट नहाले देश दुर्घटनामा जान्छ भन्दै धम्की दिएपछि प्रधानमन्त्री डराएको र काठमाडौं आएपछि रेणुलाई प्रचण्डले होइन, मैले उठाएको हुँ भनेका हुन् ।’
उनले प्रचण्डले पनि सिर्जना सिंहलाई प्रकाशमानकी श्रीमती भनेर बुझ्न नहुने बताएको भन्दै व्यंग्य गरे ।

सम्बन्धित समाचार

दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया
दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया
  • २०७९ बैशाख २५, १३: २०

काठमाडौं : अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ । हाल उनी काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत...

मधेश प्रदेशसभा : बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन
मधेश प्रदेशसभा : बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन
  • २०७९ बैशाख २५, १३: २०

जनकपुरधाम : मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा देखिएका समस्या समाधान गर्न कार्यदल गठन गरिएको छ...

विमानस्थलमै कार्यक्रम गर्न खोजेपछि दुर्गा प्रसाईं नियन्त्रणमा, प्रहरीले घर पुर्‍यायो
विमानस्थलमै कार्यक्रम गर्न खोजेपछि दुर्गा प्रसाईं नियन्त्रणमा, प्रहरीले घर पुर्‍यायो
  • २०७९ बैशाख २५, १३: २०

काठमाडौं । मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएर भक्तपुरस्थित निवास पुर्‍याएको छ। प्रहरीका अनुसार...