नयाँ विकल्प,
काठमाडौं – स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई संशोधन गरी स्वास्थ्य तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधित २०७९ अध्यादेश जारी भएको छ । अध्यादेशमा स्वास्थ्य संस्थामा आगजनी गर्ने गरेमा दुई वर्षदेखि पाँच वर्षसम्म कैद वा दुई लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख गरिएको छ ।
यस्तै स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरी हानी नोक्सानी पुर्याएमा, स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्न वा शारीरिक रूपमा चोट पुर्याएमा, स्वास्थ्य संस्थामा तालाबन्दी गर्न वा घेराउ गरेको खण्डमा दुई वर्षदेखि पाँच वर्षसम्म कैद वा दुई लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने अध्यादेशमा उल्लेख गरिएको छ ।
यसैगरि, स्वास्थ्य संस्थामा तालाबन्दी गर्न वा घेराउ गरेमा, स्वास्थ्य संस्थामा उपचारका लागि आएका वा उपचाररत बिरामीको उपचार गर्ने कार्यमा कुनै किसिमले बाधा पुर्याएमा, स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई हातपात गर्न कुनै किसिमले धम्की दिएमा, गालीगलौज गर्ने वा अभद्र वा अपमानजनक व्यवहार गरेको खण्डमा एक वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख गरिएको छ ।
नयाँ विकल्प, काठमाडौं – काठमाडौं महानगरपालिका स्वतन्त्र मेयर उम्मेदवार बालेन साहले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितलाई ठूलो मतान्तरले...
नयाँ विकल्प,काठमाडौं – ३० वैशाखमा स्थगित भएको सात केन्द्रमा सोमबार मतदान भएको छ । सोमबार धनुकुटाको शहिदभूमि गाउँपालिका ६, सप्तरीको...
नयाँ विकल्प, चितवन – भरतपुर महानगरपालिकामा १६०३३ मतगणना हुँदा नेकपा माओवादीकी उम्मेदवार रेनु दाहालले अ ग्रता कायम गरेकी छन् ।...