नयाँ विकल्प,
काठमाडौं- जापानको योङगाउनीमा सोमबार ६.१ म्याग्नीच्युडको भूकम्प गएको अधिकारीहरुले जनाएका छन् । युरोपेली मेडिटेरानेन सिम्मोलोजिकल सेन्टर (इएमएससी)ले स्थानीय समय अनुसार विहान ११.५३ बजे भूकम्प गएको हो । भूकम्पका कारण भएको कुनै क्षतिको विवरण भने प्राप्त भइनसकेको सरकारी अधिकारीहरुले जनाएका छन् । अहिले विवरण संकलनको काम भइरहेकाले थप विवरण पछि सार्वजनिक गरिने उनीहरुको भनाइ छ । जापानमा बेला बेलामा यस्तै भूकम्प गइरहने गरेको छ ।
नयाँ विकल्प, काठमाडौं – काठमाडौं महानगरपालिका स्वतन्त्र मेयर उम्मेदवार बालेन साहले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितलाई ठूलो मतान्तरले...
नयाँ विकल्प,काठमाडौं – ३० वैशाखमा स्थगित भएको सात केन्द्रमा सोमबार मतदान भएको छ । सोमबार धनुकुटाको शहिदभूमि गाउँपालिका ६, सप्तरीको...
नयाँ विकल्प, चितवन – भरतपुर महानगरपालिकामा १६०३३ मतगणना हुँदा नेकपा माओवादीकी उम्मेदवार रेनु दाहालले अ ग्रता कायम गरेकी छन् ।...