नयाँ विकल्प,
काठमाडौं- महिला तथा बालबालिकाको स्वास्थ्यमा विशेष योगदान पुर्याउदै आएको ईशान बाल तथा महिला अस्पताल प्रा.लि.आफ्नै अत्याधुनिक, भुकम्प प्रतिरोधात्मक नयाँ भवनमा सरेको छ । २०५२ साल देखि नेपालको पहिलो गैरसरकारी बाल अस्पतालको रुपमा ईशान बाल नर्सिब् होम प्रा.लि १५ बेडबाट शुरु भएको थियो ।
हालको ईशान बाल तथा महिला अस्पताल प्रा.लि. बसुन्धारा चोकमा विगत २७ वर्षदेखि बाल तथा महिला स्वास्थ्य क्षेत्रमा निरन्तर सेवा दिई आइरहेको थियो । हाल ईशान अस्पताल भवनको २५० मिटर मात्र पछाडि टोखा न.पा. ५ श्री टोलमा साढे छ रोपनीको आफ्नै जग्गामा १०० शैया सम्म क्षमता रहेको बिरामीलाई नयाँ भवन आधुनिक, गुणस्तरीय र अन्तराष्ट्रिय स्तरको सेवा विस्तार गरिएको अस्पतालका निर्देशक प्रा.डा.रामनन्दन प्रसाद चौधरीले जानकारी दिए ।
उनले अस्पतालले समयसापेक्ष सुविधाहरु तथा क्षमता वृद्धि गर्ने योजना अनुरुप अगाडि बढेको बताए । यस्तै, बालरोग, बाल सर्जरी, बाल युरोलोजी, महिला तथा वयस्कका अन्य विशेषज्ञ सेवा उपलब्ध गराउने उलने बताए ।
यस अस्पतालमा २४ घन्टा पेडियाट्रिक रजिष्ट्रारहरुबाट पेडियाट्रिक आकस्मीक सेवा र महिला तथा प्रसुती सम्बन्धी आकस्मिक सेवा पनि उपलब्ध हुनुको साथै एम्बुलेन्स, प्याथोलोजी, एक्स–रे, फार्मेसी सेवा पनि उपलब्ध हुनेछ । यस्तै निर्देशक प्रा.डा. चौधरीले छिटै नै ब्लड बैंकको सुविधा पनि शुरु हुने जानकारी दिए ।
यस अस्पतालले अन्र्तराष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गरिरहेको छ । उनले भने, यस अस्पतालमा पटक पटक विभिन्न समयमा विभिन्न नवजात , बाल शल्यरोग तथा बाल युरोलोजीहरुको जटिल भन्दा जटिल नवजात शल्यव्रिmयाहरु भएको र भारतबाट समेत आएको बच्चाको गरिएको छ ।
अनुभवी तथा वरिष्ठ बाल रोग विशेषज्ञहरुबाट हरेक दिन बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म उपलब्ध ओ.पि.डी सेवा र (बाल नाक, कान, घाँटी, बाल आँखारोग / बाल हेमाटोलोजी( अनकोलोजी उपचार / बाल ग्यास्ट्रो इन्टेरोलोजी, बाल न्युरोलोजी, बाल कार्डियोलोजी, नेफ्रोलाजी / बाल पल्मोनोलोजी उपचारहरु ) सम्बन्धी विशेषज्ञ सेवा र सुविधाको साथै अन्य सुविधा दिइरहको उनले बताए ।
नयाँ विकल्प, काठमाडौं – काठमाडौं महानगरपालिका स्वतन्त्र मेयर उम्मेदवार बालेन साहले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितलाई ठूलो मतान्तरले...
नयाँ विकल्प,काठमाडौं – ३० वैशाखमा स्थगित भएको सात केन्द्रमा सोमबार मतदान भएको छ । सोमबार धनुकुटाको शहिदभूमि गाउँपालिका ६, सप्तरीको...
नयाँ विकल्प, चितवन – भरतपुर महानगरपालिकामा १६०३३ मतगणना हुँदा नेकपा माओवादीकी उम्मेदवार रेनु दाहालले अ ग्रता कायम गरेकी छन् ।...