
नयाँ विकल्प,
काठमाडौं – पराष्ट्र मन्त्रालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमण तालिका सरकारले सार्वजनिक गरेको छ । मन्त्रालयद्धारा जारी गरेको भ्रमण तालिकामा मोदी काठमाडौं आउने कार्यक्रम भने छैन ।
भारतीय प्रधानमन्त्री मोदी पाँचौं नेपाल भ्रमणका रुपमा मोदी आउँदो जेठ २ गते लुम्बिनी आउनेछन् । उनी त्यहीबाट फर्किनेछन् । प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्काले भने लुम्बिनीमै पुगेर मोदीसँग भेटवार्ता गर्नेछन् ।
बुद्ध पूर्णिमाका अवसरमा मोदी लुम्बिनी आउन लागेका हुन् । भारतीय प्रधानमन्त्री मोदीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग मोदीको भेट नहुने भएको छ
नेपाल र भारतका प्रधानमन्त्रीले मायादेवी मन्दिरमा हुने प्रार्थनामा सहभागिता जनाउने कार्यक्रम छ ।
यस्तै दुवै प्रधानमन्त्रीले लुम्बिनीको विहार क्षेत्रमा बौद्ध संस्कृति र सम्पदा केन्द्र निर्माणको शिलान्यास गर्ने तथा पाँच हजार क्षमताको अन्तर्राष्ट्रिय सभाहलमा आयोजना हुने विशेष समारोहलाई सम्बोधन गर्ने विज्ञप्तिमा उल्लेख छ ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...