भारतीय प्रधानमन्त्री मोदीको सुरक्षामा एआईजी थापालाई खटाइने – Naya Bikalpa
April 25, 2024, Thursday

भारतीय प्रधानमन्त्री मोदीको सुरक्षामा एआईजी थापालाई खटाइने

नयाँ विकल्प,

काठमाडौं – नेपाल सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको सुरक्षामा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)लाई खटाउने भएको छ । गृह मन्त्रालयको अनुसार एआईजी सहकुलबहादुर थापा शनिबार लुम्बिनी पुगेका छन् ।
एआईजी थापालाई भारतीय प्रधानमन्त्रीको सुरक्षाका लुम्बिनीमा पठाइएको प्रहरीले जनाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जेठ २ मा लुम्बिनी आउँदै छन् । २५६६ औँ बुद्ध जयन्तीका अवसरमा मोदी लुम्बिनी आउन लागेका हुन् ।

मोदीको सुरक्षाको सम्पूर्ण कमाण्ड नेपाली सेनाले गर्ने भएको छ । भीभीआईपी भ्रमणको प्रोटोकल अनुसार सेनाको टिम लुम्बिनीमा परिचालन गरिएको छ ।

सम्बन्धित समाचार

अर्थसचिव मरासिनीले लिए राष्ट्र बैंकको सञ्चालकका रूपमा शपथ
अर्थसचिव मरासिनीले लिए राष्ट्र बैंकको सञ्चालकका रूपमा शपथ
  • २०७९ बैशाख ३१, २१: ०२

काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनीले नेपाल राष्ट्र बैंकको सञ्चालकका रूपमा शपथ लिएका छन् । सर्वोच्च अदालतमा बिहीबार आयोजित कार्यक्रममा प्रधानन्यायाधीश...

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए  विश्वासको मत
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत
  • २०७९ बैशाख ३१, २१: ०२

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत पाएका छन् । कुल ४० सदस्यीय मध्ये प्रदेश सभाको बैठकमा ...

राष्ट्रियसभा गृहमा एक हजार भन्दा धेरै शीर्षकका पुस्तक प्रदर्शनीमा
राष्ट्रियसभा गृहमा एक हजार भन्दा धेरै शीर्षकका पुस्तक प्रदर्शनीमा
  • २०७९ बैशाख ३१, २१: ०२

काठमाडौं । काठमाडौंको राष्ट्रियसभा गृहमा वैशाख ११ गतेदेखि सुरु भएको ‘महिला पुस्तक प्रदर्शनी’मा करिब ५ सय लेखिका र लेखकका जारी...