
नयाँ विकल्प,
काठमाडौं – ३० वैशाखमा स्थगित भएको सात केन्द्रमा सोमबार मतदान भएको छ । सोमबार धनुकुटाको शहिदभूमि गाउँपालिका ६, सप्तरीको रुपनी गाउँपालिका ५, रामेछापको खाँडादेवी गाउँपालिका १, सुर्खेतको सिम्ता गाउँपालिका ३, बझाङको केदारस्यूँ गाउँपालिका ४, बझाङको सुर्मा गाउँपालिका( २ र बझाङकै सुर्मा गाउँपालिका(३ मा मतदान भएको निर्वाचन आयोगले जनाएको छ । मंगलबार भने चार मतदान केन्द्रमा मतदान हुँदैछ । भ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका १३, कञ्चनपुरको पुनर्वास नगरपालिका १०, बाजुराको बुढीनन्दा नगरपालिका ८ र अछामको पञ्चदेवल विनायक नगरपालिका ५ मा मतदान हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् । यसैगरी जेठ ४ गते तनहुँको व्यास नगरपालिका ८ को गाविस भवन फेदी मतदान केन्द्रमा पुनः मतदान हुँदैछ भने पुनः मतदान गर्नुपर्ने अन्य मतदान केन्द्रमा पनि केही दिन भित्रमा मतदान गर्ने गरी सूचना प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...