एमाले सांसदद्वारा राष्ट्रिय सभा बैठक अवरुद्ध – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

एमाले सांसदद्वारा राष्ट्रिय सभा बैठक अवरुद्ध

नयाँ विकल्प,

काठमाडौं । प्रतिनिधि सभाको बैठक अवरोध नगरेको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राष्ट्रिय सभा बैठक भने अवरुद्ध गरेको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले उपमहासचिन प्रदिप ज्ञवालीले संसद अवरुद्ध नगर्ने बताएका थिए ।

बजेट अधिवेशनको पहिलो दिन मंगलबार अपरान्ह बोलाइएको राष्ट्रिय सभा बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले उभिएर अवरुद्ध गरेका हुन् । प्रतिनिधिसभामा भने एमालेको अवरोध हटेको छ ।

सभामुख अग्निप्रसाद सापकोटा र सत्तारुढ गठबन्धन दलका नेता प्रधानमन्त्री शेरबहादुर देउवाले आफूहरुले अगाडि सारेका माग सम्बोधन गर्न पहल समेत गर्न नचाहेकाले राष्ट्रिय सभा बैठकलाई अवरुद्ध पार्ने कामलाई आफ्नो दलले निरन्तरता दिन बाध्य हुनु परेको एमालेका सांसदहरुले बताएका छन् ।

प्रतिनिधि सभा र राष्ट्रिय सभामा मंगलबारदेखि अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभामा पेस गरेको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुँदैछ ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७९ जेष्ठ ३, २०: ०९

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०७९ जेष्ठ ३, २०: ०९

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७९ जेष्ठ ३, २०: ०९

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...