बागमति प्रदेशका विभिन्न ७ नगरपालिकामा कांग्रेसको जित – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

बागमति प्रदेशका विभिन्न ७ नगरपालिकामा कांग्रेसको जित

नयाँ विकल्प,

काठमाडौं – वैशाख ३० गते सम्पन्न भएको मतगणना आउने क्रम जारी रहेको छ । अहिले सम्म सार्वजनिक तथ्याङ्क अनुसार बागमति प्रदेशका विभिन्न ७ नगरपालिकामा कांग्रेसले जित हासिल गरेको छ भने बाँकी ३ नगरपालिकामा अग्रता कायम गरेको छ ।
गोकर्णेश्वर नगरपालिकामा दिपक कुमार रिसालले ९,६९२ मत ल्याएर निर्वाचित भएका छन् । तारकेश्वर नगरपालिकामा कृष्ण हरि महर्जनले ११,९८८ मत प्राप्त गरि जित हासिल गरेका छन् । यसैगरि, दक्षिणकाली न.पा मा मोहन बस्नेतले ७,२०१, कृतिपुर न.पा मा राज कुमार नकर्मीले ९०४३, टोखा न.पा मा प्रकाश अधिकारीले १०,३४० , बुढानिलकण्ठ न.पा मा मिठाराम अधिकारीले १४,२५० र शङखरापुर न.पा मा रमेश नापितले ४,७०० मत प्राप्त गरेर जित हासिल गरेका छन् ।
यस्तै चन्द्रगीरी न.पा मा घनश्याम गिरीले ६,४५३ मत ल्याएर अग्रता बनाइरहेका छन भने नागार्जुन न.पा मा मोहन बहादुर बस्नेतले ५,३२६ र कागेश्वरी न.पा मा उपेन्द्र कार्कीले ७,७१५ मत ल्याएर अग्रता कायम गरेका छन् ।

।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७९ जेष्ठ ५, १५: ३१

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०७९ जेष्ठ ५, १५: ३१

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७९ जेष्ठ ५, १५: ३१

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...