
नयाँ विकल्प, काठमाडौं– काठमाडौंको नागार्जुन नगरपालिकामा नेकपा एमालेका कार्यकर्ताले नेपाली कांग्रेस कार्यकतामाथि आक्रमण गरी घाइते बनाएका छन् । स्थानीय तह निर्वाचनमा नगरपालिकाको वडा नम्बर ८ मा विजयर्याली निकाल्दै एमालेका कार्यकर्ताले कांग्रेसका कार्यकर्तामाथि निर्घात कुटपिट गरेका कारण घाइतेहरुको सुभेच्छा अस्पतालमा उपचार भइरहेको छ ।

कुटाइ खाने कांग्रेसका कार्यकर्ताहरुमा कुमार तामाङ, केसर तामाङ, बलविर तामाङ, ललित तामाङ लगाएतका १९ जनामाथि आक्रमण गरिएको थियो ।
यसअघिको निर्वाचनमा वार्ड नम्बर ८ मा शुक्र तामाङसँग सुरजकुमार पोखरेल पराजित भएका थिए । यसपटक भने तिनै सुरजकुमार पोखरेलले शुक्र तामाङलाई पराजित गरेका छन् ।

वडा अध्यक्ष सुरजकुमार पोखरेल बाग्मती प्रदेश सासंद केशव पोखरेलका भाइ हुन् । सो घटनापछि उक्त स्थानमा नेता तथा वुद्धिजिविले प्रदेश सासंद पोखरेललाई घटना बारे जानकारी गराउँदा व्यवास्ता गरेका कारण स्थानीयबासी आक्रोशित भएका छन् ।

यस्तै सो घटना बारे कांग्रेसका कार्यकर्ताले छानविन गर्न भिमढुङ्गा र स्वयम्भु प्रहरीमा उजुरी गर्न पटकपटक पुगेपनि प्रहरीले घटनाबारे उजुरी लिन आलटाल गरेको स्थानीयबासीले बताएका छन् ।

प्रदेश सासंद पोखरेलको दवावमा प्रहरीले उजुरी लिन नमानेको स्थानीयबासीको आरोप छ ।

काठमाडौंको स्थानीय निर्वाचन अन्र्तगत नागार्जुन नगरपालिकामा १० वटा वडाहरु रहेका छन् ।
जसमध्ये स्थानीय निर्वाचन २०७९ साल वैशाख ३० गते सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसले मेयरसहित ५ वटा वडाहरुमा जित हात पारेको छ ।
जसमा कांग्रेसले वडा १,४,६,९, १० रहेको रहेका छन् भने एमालेले २,३,७,८ वडामा जित निकालेको छ ।
यस्तै, वडा नम्बर ५ मा राप्रपाले जितेको छ । २०७४ सालको स्थानीय निर्वाचनमा उपमेयरसहित वहुमत रहेको एमाले २०७९ सालको चुनावमा उपमेयरसहित अल्पमतमा परेको थियो ।



ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...