
नयाँ विकल्प,
काठमाडौं – छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएका दुई शिक्षकलाई अदालतले ५ दिन हिरासतमा राख्न अनुमती दिएको छ ।
चावहिलको सेन्ट लरेन्स कलेजमा विद्यार्थीमाथि शिक्षकले दुव्यवहार गरेको भन्दै आन्दोलन चर्काएपछि मंगलबार प्रहरी वृत गौशालाले क्याम्पसका कोअर्डीनेटरलाई काभ्रे घर भएका जनार्दन अधिकारी र राजनकुमार पौडेललाई पक्राउ गरेको हो ।
आरोपीहरुलाई जिल्ला अदालत काठमाडौंले ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमती दिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
शिक्षकहरुविरुद्ध ३ जना छात्राले बाल यौन दुव्र्यवहार गरेको कसुरमा जाहेरी दिएका छन् । जाहेरी दिनेमा कक्षा ११ र १२ अध्ययनरत छात्रा छन् ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...