
नयाँ विकल्प,
काठमाडौं – पोखरा महानगरपालिकाको मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य ५८ हजार ८ सय ९३ मत सहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी एमालेका कृष्णबहादुर थापाले ५२ हजार ८ सय ४८ मत पाएका हुन् ।
मेयरमा तेस्रो भएका राप्रपाका शंकर खरालले ५ हजार ६ सय ७४ मत पाएका छन् भने चौथो भएका स्वतन्त्र उम्मेदवार खड्गराज पौडेल (गनेस)ले ३ हजार ३० मत पाएका छन् ।
यस्तै उपमेयरमा एमालेको मञ्जुदेवी गुरुङ ६० हजार ५४६ मतका साथ विजयी भएकी छन् । कांग्रेसकी कोपिला रानाभाटले ५६ हजार ६६३ मत पाइन् ।
उपमेयरमा राप्रपाकी रन्जनाकुमारी सेन पौडेलले ५ हजार ६ सय ९९ मत पाएर तेस्रो भएकी छन् भने विवेकशील साझा पार्टीका माधव भण्डारीले २६४ मत पाएका छन् ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...