
नयाँ विकल्प,
काठमाडौं – ललितपुर महानगरपालिकाका नव निर्वाचित मेयर चिरिबाबु महर्जनसहित अन्य जनप्रतिनिधिहरूले शपथ ग्रहण गरेका छन् ।
बुधबार ललितपुरमा आयोजित समारोहमा मेयर महर्जनलाई मुख्य निर्वाचन अधिकृतले शपथ ग्रहण गराएका हुन् । शपथपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख महर्जनले आफूले थालेका पुराना योजनाहरू पुरा गर्दै नयाँ कामको सुरुवात गरिने बताएका छन् । त्यसक्रममा उनले निर्वाचन अघिसम्म राजनीतिक पार्टीको वकालत गरे पनि अब समग्र महानगरको विकास र महानगरवासीका समस्या समाधान गर्नतिर लाग्ने बताएका छन् ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...