
नयाँ विकल्प,
काठमाडौं – सिर्जना कलेज अफ फाइन आर्टस्को आयोजनमा काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषद्मा एकहप्ते कला प्रदर्शनी आयोजना गरिएको छ । कलेजसँग सम्बद्ध २४ प्रतिनिधिका ५१ वटा चित्र प्रदर्शनीमा समावेश रहेको आयोजकले जनाएको छ ।
प्रदर्शनीमा एक कलाकारका पाँच वटासम्म चित्र समेटिएको छ । कलाकारले विभिन्न समसामयिकसहित, जनजीविका, अमूर्त, धार्मिक, सांस्कृतिक तथा सम्पदा र पुरातात्विक क्षेत्रका चित्र सिर्जना गरेका छन् । फ्याँकिएका वस्तुबाट बनेका चित्रसमेत प्रदर्शनीमा राखिएको छ ।
कलेजका संस्थापक सदस्य तथा प्राध्यापक सुनिल रञ्जितले सिर्जना २०२२ शीर्षकमा कला प्रदर्शनी आयोजना गरिएको जानकारी दिए ।
कलेजमा आबद्ध अग्रज कलाकारको सिर्जना प्रदर्शनी गर्दा विद्यार्थीलगायत अन्य कलाकारलाई समेत प्रेरणा मिल्ने र समाजमा कलेजको पनि उपस्थिति देखिने भएकाले प्रदर्शनी आयोजना गर्दै आइएको रञ्जितले जानकारी दिए ।
काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...
हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...
काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...