भारतीय कवि नरेश शांण्डिल्यको सम्मानमा कविता वाचन कार्यक्रम सम्पन्न – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

भारतीय कवि नरेश शांण्डिल्यको सम्मानमा कविता वाचन कार्यक्रम सम्पन्न


नयाँ विकल्प,

काठमाडौं – स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र काठमाडौं र राष्ट्रिय साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा भारतीय कवि नरेश शांण्डिल्यको स्वागत सम्मानमा नेपाल -भारत कविता वाचन कार्यक्रम सम्पन्न भएको छ ।

नेपालका वरिष्ठ साहित्यकार डा.तुलसी प्रसाद भट्टराईले यस प्रकारको सम्मानले दुई देशबीचको साहित्यिक एवम् सांस्कृतिक सम्बन्ध प्रगाढ हुने बताए ।

कार्यक्रममा भारतीय राजदूतावासका प्रथम सचिव नवीन कुमार , त्रिभुवन विश्वविद्यालय हिन्दी विभागका स्वेता दिप्ति लगायतको उपस्थिति थियो । सो कार्यक्रममा राष्ट्रिय साहित्य प्रतिष्ठानले कवि शांण्डिल्यलाई राष्ट्रिय साहित्य सम्मान प्रदान गरिएको थियो।

प्रतिष्ठानले शांण्डिल्यलाई सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गरेको थियो। प्रतिष्ठानका महासचिव मधु पाठकले सो सम्मान पत्र वाचन गरेका थिएभने सोही अवसरमा राष्ट्रिय साहित्य प्रतिष्ठानको भगिनी संस्था शखि प्रतिष्ठानले कवि शांण्डिल्यलाई सम्मान गरिएको थियो।

नेपाल(भारत कविता वाचन कार्यक्रममा नेपाली, हिन्दी, उर्दु , अंग्रेजी एवं बंगाली भाषाका कविता वाचन गरिएको थियोे । राजेन्द्र शलभ, स्नेह सायमी , उर्दु प्रतिष्ठानका अध्यक्ष इम्तिहाज वफा, डा.मोमिन खान, कञ्जना झा, मधु कुमारी, डा. ज्ञाननिष्ठ ज्ञवाली, ठाकुर वेलवासे, पवित्रा अधिकारी, उमेश अवस्थी, रञ्जु दाहाल, पुनम झा, प्रियम्बदा काफ्ले, डा.विनोद कुमार विश्वकर्मा, डा.वासुदेव काफ्ले, त्रिभुवन चन्द्र वाग्ले, सुमन वर्षा, रश्मि भट्ट लगायतका कविले कविता वाचन गरे ।


कार्यक्रममा कवि शांण्डिल्यले दोहा लेखन, वाचन तथा गजलको महत्त्व एवं लेखन प्रयोग बारे बोल्दै दोहा तथा गजल वाचन गरे। सो अवसरमा राष्ट्रिय नाचघरका गायक विपिन घिमिरे र शिला विष्ट अलीले नेपाली तथा हिन्दी गीत प्रस्तुत गरे ।

सम्बन्धित समाचार

काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
  • २०७९ जेष्ठ १२, २३: २२

काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
  • २०७९ जेष्ठ १२, २३: २२

हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
  • २०७९ जेष्ठ १२, २३: २२

काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...