
नयाँ विकल्प,
काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट चुनाव लक्षित नभएको बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले चुनावी कुरा बजेटमा नराखिएको बरु निजि क्षेत्रलाई प्रोत्साहन गरिएको बताए ।
सरकारी कर्मचारीको तलब हरेक तीन वर्षमा बढाउने नियम नै रहेको भन्दै अर्थमन्त्री शर्माले चुनावलाई नभई किसानलाई उत्प्रेरित गर्न किसान पेन्सनको कार्यक्रम ल्याएको भन्दै त्यसलाई चुनावसँग जोड्न नमिल्ने बताए ।
अर्थमन्त्री शर्माले निजी क्षेत्रलाई विश्वासमा लिने बजेट रहेको दाबी गरे उनले निजी क्षेत्रलाई उत्पादनमा उत्साहित बनाउने उनीहरूको माग सम्बोधन गरेर बजेट ल्याएको दाबी गरे ।
७० प्रतिशत योगदान दिने निजी क्षेत्रलाई विश्वास लिने बजेट ल्याएको भन्दै उनले निर्यातमा नगद अनुदान र विजुलीमा छुट सिमेन्ट उद्योगलाई टार्गेट गरी सिमेन्ट निर्यात गर्ने लक्ष्य राखेको बताए ।
उनले निर्यातमा अनुदान र वार्षिक १० करोडभमन्दा बढी बिजुली खपत गर्नेलाई महसुल छुट गर्ने घोषणा गरेको भन्दै ५ खर्बको लघुवित्त कोषमार्फत उत्पादन क्षेत्रमा नै कर्जा दिने व्यवस्था गर्न खोजिएको दावी गरे ।
उनले आफूले ल्याएको बजेटले पूर्वाधार निर्माणलाई समयमा सम्पन्न गर्नुपर्छ भनेर टार्गेट लिएको दाबी गरे । सबै पूर्वाधार सरकारले गर्न सक्दैन भनेर केही दु्रतमार्ग निजी क्षेत्रलाई दिने कुरा गरेको भन्दै उनले सपना देख्नुपर्ने र सपना नदेखी केही नहुेने स्पष्ट पारे ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...