
नयाँ विकल्प,
काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गगन थापाले गठबन्धनबाट निर्वाचित जनप्रतिनिधिहरूलाई सम्हालिएर जनभावनाअनुसार अघि बढ्न निर्देशन दिएका छन् ।
पाँच वर्षसम्म नेकपा (एमाले)नेतृत्वको सरकारले निरंकुशता लादेका कारण जनतामा राजनीतिक दलप्रति आक्रोश पैदा भएको बताउदै उनले अबको नेतृत्वले नागरिकलाई सरकारको प्रत्याभूति गराउनुपर्ने बताए ।
हेटौँडामा कांग्रेसले नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई दिन आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले एमालेको नेतृत्वमा राजनीतिक संस्कार र जनभावना विपरीतका गतिविधि भएपछि आम जनता राजनीतिक दलप्रति नै बिच्किएको आरोप लगाए ।
थापाले बागमती प्रदेशको राजधानी हेटौँडामा एमालेको विरासत ढालेर उदाएको गठबन्धनले जनभावना अनुरुपको काम गर्नुपर्ने सुझाव दिए ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय, कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, हेटौँडा उपमहानगरपालिकाकी नवनिर्वाचित प्रमुख मीना लामा, उपप्रमुख राजेश बानियाँ, कांग्रेसका जिल्लास्तरका नेताहरू र स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति थियो ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...