
नयाँ विकल्प,
काठमाडौं – सरकारले पाँच वर्षदेखि ११ वर्ष उमेर समूहका बालबालिकाहरूलाई कोरोनाविरुद्धको फाइजर खोप दिइने भएको छ । असार ९ गतेदेखि कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सरकारले बालबालिकालाई दुई चरणमा खोप लगाउने भएको छ । पहिलो चरणमा २७ वटा जिल्लामा असार ९ देखि १५ गतेसम्म पहिलो मात्रा दिइने छ भने सोही समूहलाई साउन २ देखि ८ गतेसम्म दोस्रो मात्रा खोप अभियान सञ्चालन गरिने भएको छ ।
यस्तै, अन्य ५० वटा जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र दोस्रो मात्रा भदौ २७ देखि असोज १ गतेसम्म अभियान सञ्चालन गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
बालबालिकाका लागि यो खोप कोभ्याक्स सुविधामार्फत अमेरिकी सरकारको सहयोगमा ८४ लाख फाइजर खोप आउने आपूर्ति शाखाले जनाएको छ ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...