विप्लव नेतृत्वको आन्दोलन कार्यक्रम घोषणा – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

विप्लव नेतृत्वको आन्दोलन कार्यक्रम घोषणा

नयाँ विकल्प,

काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । सो पार्टीले जनसरोकारका विषयलाई अघि सार्दै सोमबार विज्ञप्ति जारी गरि विदेशी हस्तक्षेप बढेको तथा महंगी र भ्रष्टाचारले सीमा नाघेको भन्दै जेठ २५ देखि असार ५ गतेसम्मका लागी आन्दोलन कार्यक्रम सार्वजनिक गरेको हो ।

प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले जारी गरेको विज्ञप्तिमा जेठ २५ गते किसानहरुले राजमार्ग, काठमाडौं उपत्यकासहित देशव्यापी विरोध प्रदर्शन गर्ने र जेठ २७ गते अमेरिकी साम्राज्यवादी हस्तक्षेप विरुद्ध देशव्यापी विरोध प्रदर्शनका कार्यक्रम रहेको जनाएका छन् ।

यसैगरि जेठ ३० गते एमसीसीका कार्यालय र जिल्ला सदरमुकाममा विरोध प्रदर्शन र घेराउ, असार २ गते राजबन्दी रिहाइको पक्षमा देशव्यापी मसाल जुलुस र असार ५ गते महंगी र भाडा वृद्धि विरुद्ध देशव्यापी विरोध प्रदर्शनका कार्यक्रम राखिएको प्रवक्ता प्रकाण्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७९ जेष्ठ २३, १४: १५

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०७९ जेष्ठ २३, १४: १५

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७९ जेष्ठ २३, १४: १५

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...