कोभिडमा नेपाल आएका २८१ विद्यार्थीलाई चीन फर्काउने प्रक्रिया सुरु – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

कोभिडमा नेपाल आएका २८१ विद्यार्थीलाई चीन फर्काउने प्रक्रिया सुरु

नयाँ विकल्प,

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छिमेकी चीनमा अध्ययनरत रही कोभिड–१९ को महामारीमा नेपाल फर्किएर अध्ययन छुटाउन बाध्य भएका २८१ नेपाली विद्यार्थीलाई चीन फर्काउने प्रक्रिया सुरु गरेको छ ।

मन्त्रालयले त्यसरी जान चाहने नेपाली विद्यार्थीहरूको फिर्ती सम्बन्धमा जारी गरेको सूचनामा जनवादी गणतन्त्र चीनका विभिन्न विश्वविद्यालयहरूमा उच्च शिक्षा अध्ययनरत नेपाली विद्यार्थी कोभिड–१९ महामारीको अवधिमा नेपाल फर्किआएका र बन्दाबन्दीका कारणले अध्ययन गर्न जान नपाएका विद्यार्थीमध्ये पहिलो चरणमा २८१ जना विद्यार्थीलाई अध्ययन निरन्तरताका लागि चीन लैजाने प्रक्रिया खुला गरिएको जनाएको हो ।

सो सूचीमा रहेका विद्यार्थीले चीन फिर्तीका लागि तोकिएको मार्गदर्शनका आधारमा पुनः प्रवेशाज्ञा प्राप्तिका लागि अविलम्ब निवेदन दिन मन्त्रालयले आह्वान गरेको छ ।

मन्त्रालयबाट गठन गरिएको कार्यदलको सुझावका आधारमा नेपाल सरकारले अध्ययन निरन्तरता हुने गरी ती विद्यार्थीलाई चीन फर्काउन सहजीकरण गर्ने निर्णय भएको थियो ।

सम्बन्धित समाचार

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
  • २०७९ जेष्ठ २३, २१: ५९

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...

बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
  • २०७९ जेष्ठ २३, २१: ५९

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...

रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
  • २०७९ जेष्ठ २३, २१: ५९

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...